बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’ « Khabarhub

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री आचार्यले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरेको कुराकानीको प्रसङ्ग उठाउँदै आफू ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा रहेको बताए।

प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी सांसद’को संज्ञा दिएको प्रसङ्ग उल्लेख गर्दै आचार्यले भने, ‘म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ। म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु।’

उनको भनाइ प्रधानमन्त्री शाहसँगको असन्तुष्टिसँग जोडिएको देखिन्छ। पछिल्लो समय रास्वपाभित्र प्रधानमन्त्री शाहको कार्यशैली र निर्णय प्रक्रियालाई लिएर मतभेद देखिँदै आएको छ।

महामन्त्री आचार्यले यसअघि पनि प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। पछिल्लो टिप्पणीलाई पनि उनले पार्टीभित्र देखिएको मतभेदकै सन्दर्भमा राखेको बुझिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १ : २० बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा