बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’ « Khabarhub

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री आचार्यले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरेको कुराकानीको प्रसङ्ग उठाउँदै आफू ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा रहेको बताए।

प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी सांसद’को संज्ञा दिएको प्रसङ्ग उल्लेख गर्दै आचार्यले भने, ‘म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ। म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु।’

उनको भनाइ प्रधानमन्त्री शाहसँगको असन्तुष्टिसँग जोडिएको देखिन्छ। पछिल्लो समय रास्वपाभित्र प्रधानमन्त्री शाहको कार्यशैली र निर्णय प्रक्रियालाई लिएर मतभेद देखिँदै आएको छ।

महामन्त्री आचार्यले यसअघि पनि प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। पछिल्लो टिप्पणीलाई पनि उनले पार्टीभित्र देखिएको मतभेदकै सन्दर्भमा राखेको बुझिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १ : २० बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र