सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह « Khabarhub

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो समयदेखि विभिन्न मन्त्रालयमा अड्किएका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइल अघि बढाउन सरकारसँग आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बाँस्कोटाले करिब २० वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानुन मन्त्रालयमा थन्किएका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइललाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।

‘सरकारले सात दिनभित्र फाइल अगाडि बढाउने भनेको कुरा सकारात्मक छ, तर ती फाइलहरू कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ उनले भनिन्।

बाँस्कोटाले एक वर्षदेखि गृह मन्त्रालयमा अड्किएको जेन-जी आन्दोलनसँग सम्बन्धित फाइलसमेत तत्काल अघि बढाउन माग गरिन्।

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय लामो समयदेखि थाती रहेकाले सरकारले स्पष्ट कार्ययोजनासहित ती फाइलको टुङ्गो लगाउनुपर्ने बताइन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १ : ३१ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’