सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह « Khabarhub

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो समयदेखि विभिन्न मन्त्रालयमा अड्किएका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइल अघि बढाउन सरकारसँग आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बाँस्कोटाले करिब २० वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानुन मन्त्रालयमा थन्किएका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइललाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।

‘सरकारले सात दिनभित्र फाइल अगाडि बढाउने भनेको कुरा सकारात्मक छ, तर ती फाइलहरू कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ उनले भनिन्।

बाँस्कोटाले एक वर्षदेखि गृह मन्त्रालयमा अड्किएको जेन-जी आन्दोलनसँग सम्बन्धित फाइलसमेत तत्काल अघि बढाउन माग गरिन्।

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय लामो समयदेखि थाती रहेकाले सरकारले स्पष्ट कार्ययोजनासहित ती फाइलको टुङ्गो लगाउनुपर्ने बताइन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १ : ३१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा