कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ « Khabarhub

कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान सरकारको शासन प्रक्रिया कमजोर र दिशाहीन भइरहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा नेता आङदेम्बेले स्पष्ट बहुमत प्राप्त बलियो सरकार भएर पनि शासन प्रक्रिया कमजोर र दिशाहीन भइरहेको बताएका हुन् । 

उनले नागरिकले कुनै व्यक्तिको अहंकार, हुकुमी दम्भ वा काँचो लहर नभई सुशासन, स्थिरता र विधि अनुसारको शासन खोजेको उल्लेख गरे । 

५ वर्ष शासन गर्ने जनादेश पाएको सरकार साना–तिना मुद्दाहरूमा अल्झिँदा नेपालको विकास र अग्रगमनको सपना मृगतृष्णा बन्ने खतरा रहेको उनले बताए । 

उनले वर्तमान सरकारको विगत ६ महिनाको अवधि उत्साहजनक नरहेको र सरकार अनुभवहीन तथा भुलचुकमा चलेको अनुभूति भएको उल्लेख गरे । 

नेता आङदेम्बेले संसद सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा र सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले संसदमा उपस्थित हुने, सांसदहरूका कुरा सुन्ने र उत्तरदायी हुने संसदीय अभ्यासको पालना गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

उनले सरकारको वास्तविक परीक्षा बहुमतको संख्यामा नभई त्यस शक्तिलाई आम नागरिकको जीवन सुधार्ने परिणाममा बदल्ने शासकीय कौशलमा रहने स्पष्ट पारे ।

उनले विरोधका लागि विरोध नगरी सरकार सही बाटोमा रहँदा सुझाव दिने र गलत दिशामा जाँदा खबरदारी गर्नु नै लोकतन्त्र र जनताप्रतिको जिम्मेवारी रहेको धारणा राखे  । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १ : ५७ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार