कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ « Khabarhub

कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान सरकारको शासन प्रक्रिया कमजोर र दिशाहीन भइरहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा नेता आङदेम्बेले स्पष्ट बहुमत प्राप्त बलियो सरकार भएर पनि शासन प्रक्रिया कमजोर र दिशाहीन भइरहेको बताएका हुन् । 

उनले नागरिकले कुनै व्यक्तिको अहंकार, हुकुमी दम्भ वा काँचो लहर नभई सुशासन, स्थिरता र विधि अनुसारको शासन खोजेको उल्लेख गरे । 

५ वर्ष शासन गर्ने जनादेश पाएको सरकार साना–तिना मुद्दाहरूमा अल्झिँदा नेपालको विकास र अग्रगमनको सपना मृगतृष्णा बन्ने खतरा रहेको उनले बताए । 

उनले वर्तमान सरकारको विगत ६ महिनाको अवधि उत्साहजनक नरहेको र सरकार अनुभवहीन तथा भुलचुकमा चलेको अनुभूति भएको उल्लेख गरे । 

नेता आङदेम्बेले संसद सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा र सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले संसदमा उपस्थित हुने, सांसदहरूका कुरा सुन्ने र उत्तरदायी हुने संसदीय अभ्यासको पालना गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

उनले सरकारको वास्तविक परीक्षा बहुमतको संख्यामा नभई त्यस शक्तिलाई आम नागरिकको जीवन सुधार्ने परिणाममा बदल्ने शासकीय कौशलमा रहने स्पष्ट पारे ।

उनले विरोधका लागि विरोध नगरी सरकार सही बाटोमा रहँदा सुझाव दिने र गलत दिशामा जाँदा खबरदारी गर्नु नै लोकतन्त्र र जनताप्रतिको जिम्मेवारी रहेको धारणा राखे  । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १ : ५७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप