पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू) « Khabarhub

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई बिहीबारदेखि पुनः निरन्तरता दिएको छ । 

गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरू गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।  

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो ।

यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो । यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । 

चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले बताए । संरचना हटाएर खोला घर खाली गरेपछि संरक्षणको काम अघि बढाइने उनले सुनाए ।

महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो । भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो ।

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ३ : ०६ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी