नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह « Khabarhub

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय संसदले सक्रियता बढाउने भएको छ।

नेपाल–पोर्चुगल संसदीय मैत्री समूहको पहिलो बैठकले दुई देशबीचको संसदीय संवाद तथा सहकार्य विस्तारसँगै पोर्चुगलमा रहेका नेपालीका सवाललाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको छ।

मैत्री समूहका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद जगदीश खरेलको अध्यक्षतामा बिहीबार बसेको पहिलो बैठकमा नेपाल र पोर्चुगलबीचको संसदीय सम्बन्ध, सरकार तथा जनस्तरको सम्बन्ध र पोर्चुगलमा रहेका नेपालीको अवस्था तथा योगदानलगायतका विषयमा छलफल भएको थियो।

बैठकले दुई देशबीच आपसी हितका विषयमा सहकार्यका सम्भावना खोज्ने, संसदीय तहमा संवाद बढाउने तथा पोर्चुगलमा रहेका नेपाली समुदायसँग सम्बन्धित विषयलाई आवश्यकताअनुसार सम्बन्धित निकायसम्म पुर्‍याउने निर्णय गरेको छ।

बैठकपछि संयोजक खरेलले मैत्री समूहलाई औपचारिकतामा मात्र सीमित नराखी दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने बताए।

‘नेपाल र पोर्चुगलबीच सम्बन्ध राम्रो छ, तर यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने ठाउँहरू छन्। संसदीय तहबाट संवाद र सहकार्य बढाउने हाम्रो उद्देश्य हो। पोर्चुगलमा रहेका नेपालीहरूका विषय पनि स्वाभाविक रूपमा हाम्रो प्राथमिकतामा पर्छन्,’ खरेलले भने।

उनले पोर्चुगलमा रहेका नेपालीले नेपालसँग जोडिएको सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याइरहेको योगदानलाई समेत सम्बन्ध विस्तारको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताए।

‘नेपालीहरू जहाँ हुनुहुन्छ, त्यहाँका उनीहरूका अनुभव र समस्या पनि हाम्रो चासोको विषय हुन्छ। आवश्यक विषयहरू पहिचान गरेर सम्बन्धित तहमा छलफल गर्ने र सहकार्यका सम्भावना खोज्ने गरी हामी अघि बढ्छौँ,’ खरेलले भने।

नेपाल–पोर्चुगल संसदीय मैत्री समूह संघीय संसदको संसदीय मैत्री समूहको कार्यविधि, २०८३ अन्तर्गत गठन भएको हो। संघीय संसदको निर्णयअनुसार गठित समूहको संयोजकमा रास्वपाका सांसद जगदीश खरेल रहेका छन्।

समूहका सदस्यहरूमा रास्वपाका मिङमा ग्याल्बु शेर्पा, विक्रम थापा र शोभा खनाल, नेपाली कांग्रेसकी मनमाया विश्वकर्मा, नेकपा एमालेकी गंगादेवी श्रेष्ठ तथा राष्ट्रिय सभाको तर्फबाट नेपाली कम्युनिस्ट पार्टीका शुरेस आलेमगर रहेका छन्।

पहिलो बैठकसँगै मैत्री समूहले नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न आयाममा संसदीय संवाद अघि बढाउने बाटो खोलेको छ। आगामी दिनमा दुई देशका सांसद तथा सम्बन्धित निकायबीच सम्पर्क र सहकार्य विस्तार गर्ने समूहको तयारी छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ३ : २२ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक