पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे « Khabarhub

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । 

बिहीबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा प्रवक्ता चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरू समेत आउने क्रम सुरु भएको जानकारी दिए ।

उनले पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए ।

उनले अधिकांश नेताहरू महाधिवेशनमा सहभागी हुने र केही निजी आकांक्षा राख्नेहरू बाहिर रहने धारणा राखे । नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए । 

साथै उनले आगामी महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ६ : २१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा