पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे « Khabarhub

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । 

बिहीबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा प्रवक्ता चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरू समेत आउने क्रम सुरु भएको जानकारी दिए ।

उनले पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए ।

उनले अधिकांश नेताहरू महाधिवेशनमा सहभागी हुने र केही निजी आकांक्षा राख्नेहरू बाहिर रहने धारणा राखे । नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए । 

साथै उनले आगामी महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : २१ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन