काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गरेको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कर्पोरेशनलाई उक्त जरिवाना गरेको हो ।
ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा कारबाही गर्ने व्यवस्था छ । विभागले काठमाडौँ महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै जरिवाना रकम तिर्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार जरिवानाबापतको रकम आदेश प्राप्त भएको मितिले सात दिनभित्र राजस्व शीर्षक नं. १४३१२ मा दाखिला गरी बैंक भौचरको दोस्रो प्रति विभागमा पेस गर्नुपर्नेछ ।














प्रतिक्रिया