कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न « Khabarhub

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सात प्रदेशका कुल ६ हजार ७३४ वडामध्ये असोज १५ गतेसम्म ३ हजार १९१ वडाको अधिवेशन सम्पन्न भएको हो।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशका १ हजार १५७ वडामध्ये ५७७, मधेसका १ हजार ३२१ मध्ये ४०२, बागमतीका १ हजार १२१ मध्ये ५६३, गण्डकीका ५९० मध्ये ३६६, लुम्बिनीका १ हजार ९३ मध्ये ५५०, कर्णालीका ७१८ मध्ये २४७ र सुदूरपश्चिमका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन समितिले बाँकी रहेका वडाहरूमा क्रमशः असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको जनाएको छ।

बाढीपहिरोका कारण रसुवा जिल्लामा अधिवेशन हुन नसकेको समितिले जनाएको छ। त्यस्तै, बागलुङमा पार्टी नेता मणिमान शर्माको निधनका कारण स्थगित भएको अधिवेशन असोज १६ गते सम्पन्न हुने जनाइएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ७ : ५७ बजे

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग