कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न « Khabarhub

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सात प्रदेशका कुल ६ हजार ७३४ वडामध्ये असोज १५ गतेसम्म ३ हजार १९१ वडाको अधिवेशन सम्पन्न भएको हो।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशका १ हजार १५७ वडामध्ये ५७७, मधेसका १ हजार ३२१ मध्ये ४०२, बागमतीका १ हजार १२१ मध्ये ५६३, गण्डकीका ५९० मध्ये ३६६, लुम्बिनीका १ हजार ९३ मध्ये ५५०, कर्णालीका ७१८ मध्ये २४७ र सुदूरपश्चिमका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन समितिले बाँकी रहेका वडाहरूमा क्रमशः असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको जनाएको छ।

बाढीपहिरोका कारण रसुवा जिल्लामा अधिवेशन हुन नसकेको समितिले जनाएको छ। त्यस्तै, बागलुङमा पार्टी नेता मणिमान शर्माको निधनका कारण स्थगित भएको अधिवेशन असोज १६ गते सम्पन्न हुने जनाइएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ७ : ५७ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण