क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित « Khabarhub

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२० पुरुष क्रिकेटको अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा भुटानी टोलीलाई क्यान–११ ले १३ रनले पराजित गरेको हो ।

आइसीसी पुरुष टी–२० विश्वकप एसिया सब(रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि नेपाल भ्रमणमा भुटानी टोलीले पोखरामा यसअघि दुई वटा अभ्यास खेल खेलिसकेको छ । घरेलु टोली गण्डकीसँगका दुवै खेलमा भुटानी टोली पराजित भएको छ । क्यान-११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभर पूरै खेल्दै नौ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो ।

भुटानका लागि नाम्गे थिन्लेले सर्वाधिक २९ रन बनाए । उनले ४४ बलमा पाँच चौका प्रहार गरे । सोनाम चोपेलले १७ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाए । थिन्ले जाम्त्सोले १४ बलमा दुई छक्काको मद्दतमा १९ रन जोडे । क्यान-११ का बलरमध्ये विपीन शर्माले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । विपीन खत्रीले चार ओभरमा २० रन दिएर दुई तथा युवराज खत्रीले दुई र दयानन्द मण्डलले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । क्यान–११ का कप्तान विपिन खत्रीले ३६ बलमा पाँच चौका र चार छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।

ओपनर अर्जुन कुमालले २१ बलमा दुई चौका र एक छक्का सहित २५ रन बनाए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार भुटानी टोलीले अभ्यास खेलअन्तर्गत शुक्रबार अन्तिम खेलमा क्यान–११ सँग खेल्नेछ ।

यही अक्टोबर ३ तारिखदेखि मलेसियामा आइसीसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ८ : ३७ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर