दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड « Khabarhub

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईमा हुने इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) को आगामी सिजनका लागि अक्सनमा अन्सोल्ड भएका छन्।

दीपेन्द्रले अक्सनका लागि आफ्नो बेस प्राइस १० हजार अमेरिकी डलर राखेका थिए। तर अक्सनमा उनको नाम आए पनि कुनै पनि टोलीले बोली लगाएन ।

दीपेन्द्र यसअघि लगातार दुई सिजन आईएल टी–२० को टोली गल्फ जायन्ट्समा आबद्ध थिए। गल्फ जायन्ट्सले उनलाई आफ्नो टोलीमा राखे पनि उनले दुवै सिजन खेल्ने अवसर भने पाउन सकेनन् । गल्फ जायन्ट्सको आधिकारिक टोली विवरणमा पनि दीपेन्द्रलाई टोलीका सदस्यका रूपमा राखिएको थियो ।

आईएल टी–२० को नयाँ सिजनका लागि यसपटक पहिलोपटक अक्सन प्रक्रियाबाट खेलाडी छनोट गरिएको हो। अक्सनमा विभिन्न देशका खेलाडी सहभागी भएका छन् ।

दीपेन्द्र नेपाली क्रिकेटका प्रमुख टी–२० खेलाडीमध्ये एक हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन्। तर आईएल टी–२० मा भने अहिलेसम्म खेल्ने अवसर पाएका छैनन् ।

यसपटक अक्सनमा अन्सोल्ड भएपछि आईएल टी–२० मा खेल्ने उनको सम्भावना तत्कालका लागि टरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ९ : ०८ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण