इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प « Khabarhub

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उनले उल्लेख गरेका छन् ।

ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए पनि इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरेका छन् ।

अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहो¥याउँदै उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पु¥याइसकेको दाबी गरे ।

फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ । अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ ।’

‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उनले उक्त स्थललाई पनि निशाना बनाउनुपर्ने बताए । सो स्थान भूमिगत आणविक परिसर भएको आशङ्का गरिएको छ । तर, इरानी सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताए । उनले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि चाहेको स्पष्ट पारे ।

अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने ट्रम्पको चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका छन् ।

ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका छन् । यसअघि उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १० : १८ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त