नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु « Khabarhub

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन सुरु गरिएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था लागू भएको हो ।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौँ भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसारको दस्तुर तिर्नुपर्नेछ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सुरुवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।

सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्कअनुसार यात्रा गर्नुपर्ने भएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १० : २९ बजे

सांसद केपी खनाललाई आशिकाको प्रश्न- टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?

काठमाडौं–  रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् आशिका तामाङले सांसद केपी खनालसँग

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

त्रिशूली–  नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै

गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरी श्रद्धाञ्जली

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली- भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ९ जना घाइते

ओखलढुङ्गा–  सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो