कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड « Khabarhub

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा नेपालको उपस्थिति थप बलियो बनाएको छ। फिल्मकी अभिनेत्री पुष्पा लामाले अस्ट्रेलियामा आयोजित प्रतिष्ठित ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयतर्फको अवार्ड जितेकी छन्। यससँगै फिल्मले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ।

गोल्ड कोस्टमा आयोजित अवार्ड समारोहको १९औँ संस्करणमा पुष्पालाई उनको अभिनयका लागि सम्मान गरिएको हो। एसिया तथा प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रका फिल्म सहभागी हुने यस अवार्डमा सफलता पाउनु नेपाली कलाकारका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

पुष्पाले फिल्ममा ‘पिरती’ नामकी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी पात्रको भूमिका निर्वाह गरेकी छन्। यही चरित्रमार्फत उनले दर्शकको ध्यान खिचेकी थिइन्। अवार्ड पाएपछि उनले यो सम्मान आफ्नो जीवनकै विशेष कोसेढुंगा भएको बताउँदै खुसी व्यक्त गरेकी छन्। साथै, आफूलाई ‘पिरती’को चरित्रमा प्रस्तुत हुने अवसर दिएकोमा निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेलप्रति आभार व्यक्त गरेकी छन्।

‘एलिफेन्ट्स इन द फग’का लागि यो पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। यसअघि फिल्मले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार जितेको थियो। कान्सको मुख्य प्रतिस्पर्धात्मक विधामा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेर यसले इतिहास रचेको थियो।

अविनाशविक्रम शाहको लेखन तथा निर्देशन र अनुप पौडेलको निर्माणमा बनेको फिल्ममा पुष्पासँगै गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा तयार भएको फिल्म गत भदौमा नेपालमा प्रदर्शन भएको थियो। निर्देशक शाहले पनि चार वर्षको निर्माण यात्रामा पुष्पाले देखाएको इमानदारी र निरन्तर साथको प्रशंसा गर्दै उनलाई बधाई दिएका छन्।

कान्सदेखि अस्ट्रेलियासम्म नेपाली फिल्म र कलाकारले प्राप्त गरेको यो सफलताले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा नेपाली 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ३ : ०७ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न