बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै « Khabarhub

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । वर्षा रोकिएपछि सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने काम सुरु गरिएको हो । 

पहिरो पन्छाउने कार्य जारी रहे पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ। शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानैदेखि बीपी राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । 

सडक अवरुद्ध हुँदा बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ३ : १४ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग