कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड हवाइ फायर गरी खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट लागूऔषध भित्र्याई कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मिति २०८३/०७/१५ गते (सन् २०२६ नोभेम्बर १) खोजतलास तथा अनुसन्धानका क्रममा शङ्का लागेर चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै प्रतिकार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप २ राउन्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट २८.८२० ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको एक थान मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउदिन मुसलमान र सोही वडाका–१२ का २८ वर्षीय उमेश थारू रहेका छन्। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तु बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ४ : १० बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र