काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलका क्रममा बल्न नसकेको फ्लडलाइट आज भने बालिएको छ ।
बेसमा पानी जमेर विद्युत् प्रणाली प्रभावित भएपछि हिजो फ्लडलाइट बल्न सकेको थिएन । आज भने कीर्तिपुरस्थित त्रिवि मैदानमा फ्लडलाइट बालिएको हो ।
आजको खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।
टस जितेको पोखराका कप्तान कुशल भुर्तेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।




















प्रतिक्रिया