प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट « Khabarhub

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन् । विसं २०७८ कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदै छन् ।

बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनकाबीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै सङ्घीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गरे । 

मुख्यमन्त्रीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन प्रदेश प्रमुख खापुङले खेलेको भूमिका स्मरणीय रहने बताए ।

भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ५ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७