पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट « Khabarhub

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारे जनकपुरले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरले पाचौँ विकेट गुमाएको छ । खेलको १७ ओ‌भर १ बलमा जनकपुरका तृतराज दास आउट भए । उनलाई पोखराका मेहदी हसनले आउट गरे ।

आउट हुनुअघि उनले ५५ बलमा ६१ रन जोडे । यस क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे ।

लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ । दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ ।

लिगमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पारजित गरेको थियो ।

यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ । सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पारजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति