तृतराजको ५०, जनकपुरको १०० रन पूरा « Khabarhub

तृतराजको ५०, जनकपुरको १०० रन पूरा


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारे जनकपुरले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरका तृतराज दासले अर्धशतक प्रहार गरेका छन् । खेलको १५ ओ‌भर २ बलमा १ रन लिँदै उनले अर्धशतक पूरा गरे । यससँगै जनकपुरको एक सय रन पनि पूरा भएको छ ।

लिगमा जनकपुर पाचौँ स्थानमा रहेको छ । दुई खेलमध्ये एकमा जित हासिल गरेको जनकपुरको २ अंक छ ।

लिगमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पारजित गरेको थियो ।

यता, आफूले खेलेको एकमात्र खेलमा पराजित पोखरा भने अंक तालिकाको पुछारमा रहेको छ । सुदूरपश्चिम रोयल्ससँग पोखरा ६ विकेटले पारजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : १४ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि