तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना « Khabarhub

तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राति तराईका केही स्थानमा हुस्सु लाग्नुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

तराई भूभागमा हुस्सु तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : ५३ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने