जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्… « Khabarhub

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठले ब्रेकअपपछि सहाकार्य गरेको पहिलो फिल्म हो, ‘भाइरल गोर्खे’ ।

गत वर्षको अन्तिममा जब सौगात-श्रृष्टिको सम्बन्ध बिग्रिएको चर्चा चल्यो, त्यही बेला उनीहरुले यो फिल्म साइन गरेका हुन् । त्यही बेलादेखि उनी दुवै ‘सहमतिमा सम्बन्ध तोडेको’ बताउँदै आएका छन् । सार्वजनिक स्थानमा पनि उनीहरु भेट सौहार्द नै देखिन्छ ।

‘भाइरल गोर्खे’को ट्रेलर रिलिज कार्यक्रममा श्रृष्टिलाई ब्रेकअपपछि सौगातसँग काम गर्दाको अनुभव सोधिएको थियो । उनले जवाफमा ‘सौगात दाइसँग काम गर्दा सहज नै भएको’ जवाफ फर्काइन् ।

श्रृष्टिले पूर्वप्रेमीलाई ‘दाइ’ भनेर सम्बोधन गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । दर्शकहरुलाई यो कुरा रोचक पनि लागेको देखिन्छ । केही दर्शकले ‘सम्बन्ध छुट्यो भनेर दाइ भन्दै सम्बोधन गरी सौगातको चित्त नदुखाएको भए हुने’ भन्ने प्रतिक्रियसमेत लेखेका छन् ।

यसले पनि यो जोडीको बिछोडलाई धेरै दर्शकले सुखद नमानको प्रष्ट हुन्छ ।

सौगातले ब्रेकअपपछि पनि सहकार्य गर्नु भनेको आफ्नो व्यवसायिक चरित्र रहेको उनले प्रस्टाइन् । उनले भनिन्, ‘काम र सम्बन्ध छुट्याएर नै हेर्नुपर्थ्यो । महत्त्वपूर्ण कुरा मैले टिम र स्टोरी राम्रो लागेर नै फिल्म गरेको हो । यो म र हाम्रो सम्बन्धको कुरा होइन, यो त्योभन्दा ठूलो छ ।’

कार्यक्रममा सौगातलाई ‘चुम्बन’बारे पनि सोधिएको थियो । ट्रेलरमा सौगात र श्रृष्टिले चुम्बन गरेको दृश्य राखिएपछि यो प्रश्न गरिएको थियो ।

नायिक–नायिकाले दृश्यका लागि चुम्बन गर्नु सामान्य हो । तर, सौगात र श्रृष्टिले ब्रेकअपपछि पहिलो सहकार्य गरेको फिल्मै चुम्बनको दृश्यको संयोग परेछ ।

सोहीकारण सौगाततर्फ प्रश्न तेर्सियो, ‘चुम्बनको दृश्य वास्तविक हो कि, एआईको प्रयोग हो ?’

यो प्रश्नले कार्यक्रम स्थलमा हाँसो फैलियो । सौगात र श्रृष्टि पनि हाँसे ।

सौगातले जवाफ दिए, ‘यो दृश्यको माग थियो । प्रविधिको प्रयोग गरिहाल्नुपर्ने दृश्य होइन ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : ४४ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को