‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ? « Khabarhub

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय सामाजिक कथामा अभ्यास गरेर पूरानै जनरामा फर्किएका छन् । उनको निर्देशन रहेको लभ स्टोरी फिल्म माघ २३ बाट प्रदर्शनमा आउने तयारीमा छ ।

अझ पछिल्लो समय उनले सामाजिक कथाका मल्टिस्टारर फिल्ममा निर्देशन गरेका थिए । यसको उदाहरण ‘पुजार सार्की’ र ‘महाभोज’ हो ।

‘पुजार सार्की’ले ७ करोड ३८ लाख व्यापार गर्‍यो भने ‘महाभोज’ फ्लप भयो । व्यापारिक रुपमा यी दुवै फिल्म सुखद होइनन् ।

फिल्ममा मल्टिस्टार अनुबन्ध गर्नु कथाको मागसँगै व्यवसायिक रणनीति भएको बताउँदै आएका उनले डेब्यू नायक-नायिका लिएर ‘कुमारी’ बनाए ।

यो दिनेशको यूटर्न हो । यो पटक उनले सामाजिक कथा मात्रै छाडेनन् र स्टार कलाकार फिल्ममा लिने आफ्नो पछिल्लो प्रयोगलाई पनि छाडे ।

हुन पनि राउतले सामाजिक कथामा बनाएका फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’ले ठिकै व्यापार गरे, अन्यको व्यावार कमजोर रह्यो । सामाजिक कथाका फिल्मबाट उनले आफ्नै लभ स्टोरी जनराका फिल्म ‘आई एम सरी’ र ‘नोभेम्बर रेन’बाट पाएको जति प्रशंसा पाउन सकेनन् ।

यी दुई विषयले उनलाई मल्टिस्टार फिल्मबाट विश्वास हटेको हो ? सामाजिक कथाका फिल्म निर्देशनको प्रयोगमा असफल भएका हुन् ? भन्ने प्रश्न स्वभाविकरुपमा उठेको छ ।

ट्रेलर रिलिज कार्यक्रममा उनले लभ स्टोरी जनराको ‘कुमारी’ निर्देशन गर्नु र यसमा स्टार नायक नायिका नलिनुको कारणबारे बालेका छन् । उनले मुख्यरुपमा आफूमाथि उठेका दुवै प्रश्नबारे बोलेका छन् ।

फिल्म ‘कुमारी’का नायक अविषेक खड्का र नायिका आकृति राजभण्डारी ।

फिल्म क्षेत्र निकट व्यक्तिहरुको सल्लाहमा आफू लभ स्टोरी फिल्म निर्देशनमा फर्किएको राउतको स्पष्टीकरण छ । उनले भने, ‘साथीहरु र निकट पत्रकारहरुले पाि लभस्टोरी जनरामा फर्किने सल्लाह दिनुभयो । त्यहीकारण मैले यो जनरा लिए ।’

मल्टिस्टारर फिल्म ‘महाभोज’को व्यापारिक सफलताले ‘कुमारी’मा डेब्यू कलाकार नलिएको उनले प्रस्टाए । ‘कुमारी’मा डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डारी अनुबन्ध गर्नुको कारणबारे उनले भने, ‘कथा यो उमेर समूह (अविषेक र आकृतिको उमेर समूह)का कलाकार माग्यो। हाम्रो क्षेत्रमा भएका स्टारहरु यो उमेरको हुनुहुँदैन । यही कारण डेब्यू कलाकार लिएँ ।’

स्टारकास्ट भएको फिल्म ‘महाभोज’ नचलेका कारण नयाँ कलाकारहरुसँग काम नगरेको उनको जिकीर छ । उनले भने, ‘मल्टिस्टार भएको फिल्म नचलेर यो नयाँ कलाकार लिने मेरो उद्देश्य थिएन ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : ४१ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को