‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ? « Khabarhub

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय सामाजिक कथामा अभ्यास गरेर पूरानै जनरामा फर्किएका छन् । उनको निर्देशन रहेको लभ स्टोरी फिल्म माघ २३ बाट प्रदर्शनमा आउने तयारीमा छ ।

अझ पछिल्लो समय उनले सामाजिक कथाका मल्टिस्टारर फिल्ममा निर्देशन गरेका थिए । यसको उदाहरण ‘पुजार सार्की’ र ‘महाभोज’ हो ।

‘पुजार सार्की’ले ७ करोड ३८ लाख व्यापार गर्‍यो भने ‘महाभोज’ फ्लप भयो । व्यापारिक रुपमा यी दुवै फिल्म सुखद होइनन् ।

फिल्ममा मल्टिस्टार अनुबन्ध गर्नु कथाको मागसँगै व्यवसायिक रणनीति भएको बताउँदै आएका उनले डेब्यू नायक-नायिका लिएर ‘कुमारी’ बनाए ।

यो दिनेशको यूटर्न हो । यो पटक उनले सामाजिक कथा मात्रै छाडेनन् र स्टार कलाकार फिल्ममा लिने आफ्नो पछिल्लो प्रयोगलाई पनि छाडे ।

हुन पनि राउतले सामाजिक कथामा बनाएका फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’ले ठिकै व्यापार गरे, अन्यको व्यावार कमजोर रह्यो । सामाजिक कथाका फिल्मबाट उनले आफ्नै लभ स्टोरी जनराका फिल्म ‘आई एम सरी’ र ‘नोभेम्बर रेन’बाट पाएको जति प्रशंसा पाउन सकेनन् ।

यी दुई विषयले उनलाई मल्टिस्टार फिल्मबाट विश्वास हटेको हो ? सामाजिक कथाका फिल्म निर्देशनको प्रयोगमा असफल भएका हुन् ? भन्ने प्रश्न स्वभाविकरुपमा उठेको छ ।

ट्रेलर रिलिज कार्यक्रममा उनले लभ स्टोरी जनराको ‘कुमारी’ निर्देशन गर्नु र यसमा स्टार नायक नायिका नलिनुको कारणबारे बालेका छन् । उनले मुख्यरुपमा आफूमाथि उठेका दुवै प्रश्नबारे बोलेका छन् ।

फिल्म ‘कुमारी’का नायक अविषेक खड्का र नायिका आकृति राजभण्डारी ।

फिल्म क्षेत्र निकट व्यक्तिहरुको सल्लाहमा आफू लभ स्टोरी फिल्म निर्देशनमा फर्किएको राउतको स्पष्टीकरण छ । उनले भने, ‘साथीहरु र निकट पत्रकारहरुले पाि लभस्टोरी जनरामा फर्किने सल्लाह दिनुभयो । त्यहीकारण मैले यो जनरा लिए ।’

मल्टिस्टारर फिल्म ‘महाभोज’को व्यापारिक सफलताले ‘कुमारी’मा डेब्यू कलाकार नलिएको उनले प्रस्टाए । ‘कुमारी’मा डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डारी अनुबन्ध गर्नुको कारणबारे उनले भने, ‘कथा यो उमेर समूह (अविषेक र आकृतिको उमेर समूह)का कलाकार माग्यो। हाम्रो क्षेत्रमा भएका स्टारहरु यो उमेरको हुनुहुँदैन । यही कारण डेब्यू कलाकार लिएँ ।’

स्टारकास्ट भएको फिल्म ‘महाभोज’ नचलेका कारण नयाँ कलाकारहरुसँग काम नगरेको उनको जिकीर छ । उनले भने, ‘मल्टिस्टार भएको फिल्म नचलेर यो नयाँ कलाकार लिने मेरो उद्देश्य थिएन ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : ४१ बजे

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका