एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक « Khabarhub

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म ‘प्रतिवैरम’ टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो ।

मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित कथामा यो फिल्म बनेको टिजरले प्रष्ट पारेको छ ।

सार्वजनिक टिजरमा बोर्डर छेउ हुने अपराध, दाइजो र दाजु बहिनीको प्रेम सम्बन्ध देखाउन खोजिएको छ ।

निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो ।

यही फिल्मबाट सम्राट दासले केन्द्रीय नायकका डेब्यू गरेका छन् । फिल्ममा उनीसहित सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाह, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाललगायतको अभिनय रहेको छ ।

रेज इन्टरटेनमेन्टले किङ वाइटीसँगको सहकार्यमा यो फिल्म बनेको हो । कथा निर्देशक दास आफैँले लेखेका हुन् ।

निर्माण पक्षले यो फिल्म २०८३ सालको जेठमा प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ ।

टिजरको लिंक :

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : १३ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना