युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस « Khabarhub

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् ।

‘ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्,’ गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेखेका छन् । 

रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्वीरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीरहरू देखिएका थिए ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाएका छन् । 

युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रूसी प्रायद्विपमा अवस्थित छ र फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रूसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रूसी नियन्त्रणमा परेको थियो।

सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो । 
 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : १७ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख