अब राहदानी छपाइसँगै वितरण साविकअनुसार « Khabarhub

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् जेनजी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ ।

अब उप्रान्त सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिए ।

तत्काल राहदानी आवश्यक परी विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ ।

जिल्ला÷इलाका प्रशासन कार्यालयबाट कम्तीमा गत मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

विभागले विदेशस्थित नेपाली नियोगबाट मङ्सिर मसान्तसम्म आवेदन दिने आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइ सकिएको र अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार पठाउने व्यवस्था मिलाउनुका साथै यही महिनाको २५ गते पश्चात साविककै समय तालिकाअनुसार एक÷दुई हप्ताको अन्तरमा छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : ०७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने