भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण « Khabarhub

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले आज यसबारे जानकारी दिँदै भक्तपुरमा एक लाख पाँच हजार २६५ महिला, एक लाख १४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम जिसीका अनुसार भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी कूल एक लाख सात हजार ५४ मतदाता रहेका बताए ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँच जना अन्य मतदाता गरी कूल ९८ हजार ३५६ मतदाता रहेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कूल ७६ मतदानस्थल र २३३ मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १० : ५१ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च