ला लिगा : एल्चेविरुद्ध बार्सिलोनाको प्रभावशाली जित « Khabarhub

ला लिगा : एल्चेविरुद्ध बार्सिलोनाको प्रभावशाली जित


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। घरेलु मैदानमा बार्सिलोनाले एल्चेविरुद्ध ३-१ गोल अन्तरको जित निकालेको हो।

खेलको सुरुवातबाटै आक्रामक खेल प्रदर्शन गरेको बार्सिलोनाका लागि छैटौं मिनेटमा लामिन यामलले गोल गरे। २९ औं मिनेटमा एल्चेका लागि अल्भारो रोड्रिगेजले बराबरी फर्काए भने ४० औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाको अग्रतालाई अगाडि बढाए।

पहिलो हाफमै २-१ को अग्रता लिएको बार्सिलोनाका लागि तेस्रो गोल खेलको ७२ औं मिनेटमा मार्कस रासफोडले गरेका हुन्। त्यसपछि एल्चेले कुनै गोल फर्काएन नसक्दा बार्सिलोनाले महत्त्वपूर्ण अंक जोडेको हो।

यो जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ५५ अंक बनाएको छ। तेस्रो स्थानको रियल मड्रिडको ५१ अंक छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : १४ बजे

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब