एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू) « Khabarhub

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिएको छ । स्वस्थानी व्रत तथा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि सम्पन्न भएको हो।

व्रतालुहरूले बिहानै त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा अर्चना गरेसँगै एक महिने व्रत समापन गरेका हुन् ।

माधवनारायण व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहान सबेरै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीबाट पूजा गर्नुपर्ने परम्परा छ। साथै शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता नलगाउने धार्मिक मान्यता रहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : ४८ बजे

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी