नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात « Khabarhub

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा आएका नेपाली फिल्म बक्स अफिसमा फ्लप छन् । केही फिल्मले करोड ग्रस कलेक्सन गरे पनि प्रायः लाखमै सीमित छन् ।

यो अवस्थामा हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ले नेपाली हलमा दर्शकको राम्रो साथ पाएको छ । नेपाली बक्स अफिसमा ५ करोड ग्रस कलेक्सन कटाउने यो पछिल्लो फिल्म बनेको हो ।

यही शनिबारसम्म यो फिल्मले ६ करोड ६७ लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् जानकारी दिएको छ ।

बोर्डका अनुसार यो फिल्म हेर्न एक लाख ६२ हजार टिकट बिक्री भएको छ । यो फिल्म पुस ४ गतेदेखि प्रदर्शनमा आएको थियो ।

यसमा हलिउड स्टारहरू साम वर्दिङ्टन, जो साल्डाना र सिगोर्नी विभोरको अभिनय छ ।

उता अघिल्लो शनिबार माघ १० देखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘बोर्डर २’ले पनि राम्रो सुरूवात गरेको छ । यो फिल्मले सुरुवाती ८ प्रदर्शन दिनमा २ करोड २१ लाख ग्रस कलेक्सन गरेको छ ।

‘बोर्डर २’ मा सनी देओल, वरुण धवन र दिलजित दोसाँझ मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : ११ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा