नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर « Khabarhub

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित म्याक्स सुपर स्पेसियलिटी अस्पतालले सफल उपचार गरेको जानकारी दिएको छ ।

ती केसहरू उपचारका दृष्टिले अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिन्थे । पहिलो केस ४३ वर्षीय नेपाली पुरुषसँग सम्बन्धित थियो, जसमा कोलोरेक्टल क्यान्सर पत्ता लागेको थियो । 

प्रारम्भिक किमोथेरापी र रेडियोथेरापीपछि रोग नियन्त्रणमा आए पनि पछि अवस्था गम्भीर बनेको थियो । त्यसपछि विशेषज्ञ टोलीले पुनः मूल्याङ्कन गरी शल्यक्रिया गर्ने निर्णय गर्‍यो ।  

सफल शल्यक्रियापछि क्यान्सर पूर्ण रूपमा हटेको पुष्टि भएको र बिरामी सामान्य जीवनतर्फ फर्किरहेको अस्पतालले जनाएको छ । दोस्रो केस ६५ वर्षीय पुरुषसँग सम्बन्धित थियो, जसमा दुर्लभ र आक्रामक प्रकारको क्यान्सर देखिएको थियो । 

परीक्षणपछि क्यान्सर फोक्सो र कलेजोसम्म फैलिएको पुष्टि भयो । प्रारम्भिक उपचार र शल्यक्रियापछि अवस्था नियन्त्रणमा ल्याइए पनि जटिल अवस्थाका कारण पुनः कडा शल्यक्रिया गर्नुपरेको अस्पतालको भनाइ छ । हाल बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ ।

यी उपचारको नेतृत्व म्याक्स हेल्थकेयरका वरिष्ठ सर्जिकल अङ्कोलोजिस्ट डा. विवेक मङ्गलाको टोलीले गरेको थियो । उनका अनुसार क्यान्सर उपचारमा सबैभन्दा महत्वपूर्ण कुरा समयमै रोग पहिचान र बहुविषयगत उपचार रणनीति हो । ‘पहिलो चरणमा क्यान्सर पत्ता लागे आधुनिक प्रविधिबाट उपचार सम्भव हुन्छ,’ उनले भने।

डा. मङ्गलाले कोलोरेक्टल क्यान्सरका चेतावनी संकेतबारे पनि ध्यानाकर्षण गराए । लामो समयसम्म पेट दुख्ने, दिसामा रगत देखिने, तौल घट्ने, वा दिसा गर्ने बानीमा परिवर्तन हुनु जस्ता लक्षणलाई बेवास्ता नगर्न उनको सुझाव छ ।

उनका अनुसार क्यान्सर उपचार अब ‘एकै तरिकाले सबैका लागि एउटै’ हुने अवस्था छैन । बिरामीको अवस्था, क्यान्सरको चरण, फैलावट र शारीरिक क्षमताअनुसार उपचार योजना बनाइन्छ । ‘नयाँ प्रविधि र प्रमाणमा आधारित उपचारले क्यान्सर अब धेरै हदसम्म नियन्त्रणयोग्य रोग बन्दै गएको छ,’ उनले भने । 

म्याक्स हेल्थकेयरले काठमाडौंमा निरन्तर चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्दै नेपाली चिकित्सकहरूसँग अनुभव आदान–प्रदान गरिरहेको पनि जनाएको छ ।  यसै अवसरमा काठमाडौंको दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा उक्त अस्पतालले एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा देशभरी बाट १ सय भन्दा बढी विज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । 

यसले नेपालमा क्यान्सर उपचारको स्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : ४८ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक