नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने « Khabarhub

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद् भवन नै प्रयोग हुने जनाएको छ । 

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात् तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर संवादमा रहेको र नयाँ संसद् भवन नै प्रयोग हुने जानकारी दिएका हुन् । 

अहिले नयाँ संसद् भवन बाहेक अन्य विकल्पमा कुनै छलफल नभएको उनले बताए । नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद् सचिवालयको विश्वास रहेको उनको भनाइ छ ।

प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा पन्ध्र बिस दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे ।

उनले नयाँ संसद् भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटा मध्ये बैठक कक्ष सहित ६ वटा कक्ष उपलब्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताए । 

तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमशः अन्य कामहरू नयाँ भवनबाट सुरु गर्नेगरि तयारी भएको उनले बताए । यसअघि संसद् सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचार समेत गरेको थियो । 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : १० बजे

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि