लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु « Khabarhub

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरे । 

प्रतिष्ठानका कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति स्थापना र सामाजिक विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताए । 

उनले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको जानकारी दिए । 

बुटवल उपमहानगरका प्रमुख पाण्डेयले बुटवललाई मुख्य व्यापारिक केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कलाका माध्यमबाट कलाकारले ती विषयवस्तुलाई प्रस्तुत गर्नुपर्ने बताए । 

उनले यस्ता गतिविधि सञ्चालनका लागि पालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन प्रवर्द्धनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेका जानकारी दिए ।

यसैगरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बञ्जाडे, कलाकार एचवी रम्तेललगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाली र सञ्चालन जङ्ग पहाडीले गरेका थिए । 

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, शिल्प तथा हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलासम्बन्धी ११५ कलाकारका १५० भन्दाबढी कलाकृति समावेश छन् । 

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको कला प्रदर्शनी यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ५२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति