नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन « Khabarhub

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव संकलन थालेका छन् ।

महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव आह्वान गरेका हुन् ।

‘आगामी पाँच वर्षका लागि काठमाडौं ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।

नेता पौडेलले सबै नागरिकले सुझाव दिन सक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिइरहेको बताए । 

यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ, उनले भने, यसपाली आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ ।

नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् । 

विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरूको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस महामन्त्री समेत रहेका नेता पौडेलले पार्टीको चुनावी घोषणापत्रका लागि समेत विषय विज्ञहरूबाट सुझाव संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ०७ बजे

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको