उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको ठूलो परिमाणको क्लिङ्कर हिनामिना प्रकरणमा ८ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७४/७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको निष्कर्ष निकालेको छ ।

जसको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा रहेको आयोगले आइतबार जनाएको छ। यो हिनामिना प्रकरणमा आयोगले तत्कालीन महाप्रबन्धक र दुई निमित्त महाप्रबन्कसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार छानबिनका क्रममा उद्योगमा क्लिङ्करको उत्पादन र मौज्दातमा ठूलो अन्तर देखिएको पाइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदन र महालेखापरीक्षकको लेखापरीक्षणबाट क्लिङ्करको खपत बढी तर उत्पादन घटेको देखिएको थियो ।

भौतिक परीक्षणबाट पनि क्लिङ्करको मौज्दात अभिलेखभन्दा निकै कम फेला परेको थियो ।

कति फरक पर्‍यो ?

आर्थिक वर्ष २०७४/७५ मा १,१२९ मेट्रिक टन क्लिङ्कर घटी, जसको मूल्य १ करोड १४ लाख १० हजार ३४० रुपैयाँ ११ पैसा ।
आर्थिक वर्ष २०७५/७६ मा १०,२०० मेट्रिक टन घटी, मूल्य ११ करोड ३३ लाख ११ हजार ९०२ रुपैयाँ ।
आर्थिक वर्ष २०७६/७७ मा १,३२५ मेट्रिक टन घटी, मूल्य १ करोड ६२ लाख ४६ हजार ७१२ रुपैयाँ ७५ पैसा ।
२०७७ साउन १ देखि पौष मसान्तसम्म २६,११५ मेट्रिक टन घटी, मूल्य ३२ करोड ४३ लाख ५ हजार ४७१ रुपैयाँ ४ पैसा ।

आयोगले यो हिनामिना तत्कालीन पदाधिकारीहरूको मिलेमतो र बदनियतमा भएको ठहर गरेको न्यौपानेले बताए ।

आरोपीहरूले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी सरकार र उक्त उद्योगलाई हानि पुर्‍याएको आयोगले जनाएको छ।

भौतिक मन्त्रालयको छानबिन समितिले पनि क्लिङ्कर र चुनढुङ्गाको अनुपात असामान्य रूपमा घटी भएको पुष्टि गरेको थियो ।

मागदाबी

सुरेन्द्र कुमार पौडेल (तत्कालीन महाप्रबन्धक): बिगो १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कैद, जरिवाना र बिगो असुली ।

नवल किशोर साह (तत्कालीन निमित्त महाप्रबन्धक): बिगो ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा । त्यही ऐनअनुसार सजाय ।

महेश प्रसाद काफ्ले (तत्कालीन नायब महाप्रबन्धक): बिगो १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ ३१ पैसा । त्यही ऐनअनुसार सजाय ।

सञ्जय कुमार लाल (तत्कालीन उत्पादन महाशाखा प्रमुख), महेश प्रसाद साह (तत्कालीन भण्डार महाशाखा प्रमुख), रवीचन्द्र पौडेल (तत्कालीन क्लिङ्कर उत्पादन विभाग प्रमुख), हरिप्रसाद अधिकारी (तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख), र रामबहादुर जीसी (तत्कालीन बिक्री विभाग प्रमुख): जनही बिगो ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा ।

उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार कैद, जरिवाना र बिगो असुली माग गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : २१ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००