स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश  « Khabarhub

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

चापाकाेट नगरपालिका वडा न १ मा आइतबार नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । 

नेकपा एमालेबाट निर्वाचित वडा सदस्य सन्तोष थापा अर्का वडा सदस्यको उम्मेदवार बाबुराम तिवारी, २०४८ साल देखि नेकपा एमालेमा २०४८ सालमा वडा सदस्यको उम्मेदवार एकदेव तिवारी, युवाहरू कृष्ण बहादुर आले, सन्तोष राना र हरिबहादुर बरालसहितका धेरै युवाहरू नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टीमा स्वागत गर्दै उम्मेदवार मल्लले स्याङ्जाको विकासका लागि कांग्रेस नै मुख्य दल रहेको भन्दै पार्टीमा जोडिन अन्य युवालाई समेत अनुरोध गरे । 

उक्त क्षेत्र नेकपा एमालेको महासचिव तथा मन्त्री समेत बनिसकेकी पद्मा कुमारी अर्याल समेत निर्वाचित भएको क्षेत्र हो । आगामी निर्वाचनमा लागि भने अर्याल समानुपातिक बाट स्याङ्जा २ को उम्मेदवार हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ५५ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००