कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ « Khabarhub

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक उत्पादनले नेपाली बजारमा नयाँ सम्भावना बोकेको बताएका छन् । 

कोरियन कच्चापदार्थ र कोरियन प्रविधिको प्रयोगबाट नेपालमै उत्पादन गरिएको कोरियन कस्मेटिक ब्रान्ड ‘ओरा’ को आज सार्वजनिक कार्यक्रममा राजदूत पार्कले कोरियन कस्मेटिक नेपालमा सफल रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । 

उनले दुई देशबीच व्यापार, प्रविधि र श्रम क्षेत्रका साथै उत्पादनमूलक सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता पहलले कोरिया–नेपाल द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा एनके कस्मेटिकका अध्यक्ष विनोद कुँवरले ‘नेपालमै केही गरौँ’ भन्ने उद्देश्यका साथ ओरा प्रोडक्ट नेपालमा भित्र्याइएको बताए ।

व्यापार मात्र नभई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो पहल गरिएको उनको भनाइ थियो । नेपाली बजारको आवश्यकता, उपभोक्ताको छाला र मौसमअनुकूल उत्पादन विकासमा विशेष ध्यान दिइएको अध्यक्ष कुँवरले स्पष्ट पारे ।

एनआरएनका अध्यक्ष बद्री केसीले नेपाल र कोरियाबीचको दुई पक्षीय सहकार्यले देशलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

एनआरएनका पूर्वअध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपाली नेपालमै प्रविधि र लगानी भित्र्याउन इच्छुक रहेको उल्लेख गर्दै सरकारी प्रक्रिया अझ सहज र लगानीमैत्री हुनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली जीवनशैली र वातावरणलाई ध्यानमा राखी तयार पारिएको ओरा कोरियन कस्मेटिकले नेपालमा उत्पादन, रोजगारी र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ४१ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न