कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ « Khabarhub

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक उत्पादनले नेपाली बजारमा नयाँ सम्भावना बोकेको बताएका छन् । 

कोरियन कच्चापदार्थ र कोरियन प्रविधिको प्रयोगबाट नेपालमै उत्पादन गरिएको कोरियन कस्मेटिक ब्रान्ड ‘ओरा’ को आज सार्वजनिक कार्यक्रममा राजदूत पार्कले कोरियन कस्मेटिक नेपालमा सफल रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । 

उनले दुई देशबीच व्यापार, प्रविधि र श्रम क्षेत्रका साथै उत्पादनमूलक सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता पहलले कोरिया–नेपाल द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा एनके कस्मेटिकका अध्यक्ष विनोद कुँवरले ‘नेपालमै केही गरौँ’ भन्ने उद्देश्यका साथ ओरा प्रोडक्ट नेपालमा भित्र्याइएको बताए ।

व्यापार मात्र नभई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो पहल गरिएको उनको भनाइ थियो । नेपाली बजारको आवश्यकता, उपभोक्ताको छाला र मौसमअनुकूल उत्पादन विकासमा विशेष ध्यान दिइएको अध्यक्ष कुँवरले स्पष्ट पारे ।

एनआरएनका अध्यक्ष बद्री केसीले नेपाल र कोरियाबीचको दुई पक्षीय सहकार्यले देशलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

एनआरएनका पूर्वअध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपाली नेपालमै प्रविधि र लगानी भित्र्याउन इच्छुक रहेको उल्लेख गर्दै सरकारी प्रक्रिया अझ सहज र लगानीमैत्री हुनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली जीवनशैली र वातावरणलाई ध्यानमा राखी तयार पारिएको ओरा कोरियन कस्मेटिकले नेपालमा उत्पादन, रोजगारी र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ४१ बजे

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो