वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार « Khabarhub

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र वित्तीय समावेशीकरण सूचकाङ्क ०.४७ बाट बढेर ०.५३ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले यो सूचकाङ्कमा उल्लेख्य सुधार भएको देखाएको हो । 

‘वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकाङ्कमा स्थिर र व्यापक प्रगति भएको छ’, राष्ट्र बैङ्कले भनेको छ ।

रिपोर्टअनुसार मानव विकास सूचकाङ्क जस्तै विधिबाट गणना गरिएको उक्त सूचकाङ्क ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अङ्कले उच्च वित्तीय समावेशीकरण जनाउँछ । त्यस्तै सूचकाङ्कका तीन आयामका रुपमा पहुँच, प्रयोग र गुणस्तरअन्तर्गत विभिन्न ५५ सूचकका आधारमा तयार गरिएको हो ।

प्रतिवेदनमा पहुँच सूचकाङ्क ०.५३ पुगेको उल्लेख छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको देखाउँछ । 

त्यस्तै प्रयोग सूचकाङ्क ०.५४ रहेको छ । यसले बैङ्किङ, डिजिटल भुक्तानी, बिमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको संलग्नता बढेको सङ्केत गर्छ । त्यसैगरी, गुणस्तर सूचकाङ्क ०.५० मा पुगेको छ ।

‘वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकाङ्कमा उल्लेखनीय प्रगति भएको हो’, केन्द्रीय बैङ्कको रिपोर्टमा भनिएको छ ।

नेपाल राष्ट्र बैङ्कले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्द्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको जनाएको छ । रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ३९ बजे

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर