वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार « Khabarhub

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र वित्तीय समावेशीकरण सूचकाङ्क ०.४७ बाट बढेर ०.५३ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले यो सूचकाङ्कमा उल्लेख्य सुधार भएको देखाएको हो । 

‘वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकाङ्कमा स्थिर र व्यापक प्रगति भएको छ’, राष्ट्र बैङ्कले भनेको छ ।

रिपोर्टअनुसार मानव विकास सूचकाङ्क जस्तै विधिबाट गणना गरिएको उक्त सूचकाङ्क ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अङ्कले उच्च वित्तीय समावेशीकरण जनाउँछ । त्यस्तै सूचकाङ्कका तीन आयामका रुपमा पहुँच, प्रयोग र गुणस्तरअन्तर्गत विभिन्न ५५ सूचकका आधारमा तयार गरिएको हो ।

प्रतिवेदनमा पहुँच सूचकाङ्क ०.५३ पुगेको उल्लेख छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको देखाउँछ । 

त्यस्तै प्रयोग सूचकाङ्क ०.५४ रहेको छ । यसले बैङ्किङ, डिजिटल भुक्तानी, बिमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको संलग्नता बढेको सङ्केत गर्छ । त्यसैगरी, गुणस्तर सूचकाङ्क ०.५० मा पुगेको छ ।

‘वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकाङ्कमा उल्लेखनीय प्रगति भएको हो’, केन्द्रीय बैङ्कको रिपोर्टमा भनिएको छ ।

नेपाल राष्ट्र बैङ्कले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्द्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको जनाएको छ । रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ३९ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले