‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’ « Khabarhub

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताएका छन्।

यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका उपाध्यक्ष ‘बादल’ले देशभक्त र देशद्रोहीहरूबीचको सङ्घर्ष भएको बताए ।

प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिको सातौं बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट भर्चुअल सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई देश जलाउने र देश बनाउनेहरू बीचको भीषण सङ्घर्षका रूपमा बुझ्नुपर्ने बताए ।

उपाध्यक्ष बादलले नेकपा (एमाले) देश बनाउने देशभक्त पार्टी भएको बताउँदै यो निर्वाचनमा एमालेले जित्नैपर्ने धारणा राखे ।

एमालेको लक्ष्य आगामी निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनर्स्थापना गर्ने रहेको जानकारी गराउँदै बाह्य हस्तक्षेपविरूद्ध प्रतिरोधको सङ्घर्ष सफल बनाउन प्रवासी नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले बताए ।

उपाध्यक्ष बादलले नेपाललाई ‘युक्रेन’ बनाउने योजना अन्तर्गत भदौ २३ र २४ गतेको विश्वंशात्मक घटना गराइएको बताएका छन् । त्यसकै दोस्रो प्रयास निर्वाचनबाट ‘जेलेनेस्की’ जन्माउने रहेको उनले दाी गरे । आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक शक्तिले जित्नु आवश्यक रहेकोमा उनको तर्क छ।

गत भदौको घटनाबाट लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय स्वाधीनता अपदस्थ र नागरिक सरकार विघटन गरी असंवैधानिक कठपुतली सरकार गठन गरिएको स्मरण गराउँदै निर्वाचनबाट लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको पुनर्स्थापना गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

उपाध्यक्ष बादलले देश असाधारण सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त गर्न एमालेले बहुमतका साथ विजय प्राप्त गर्नैपर्ने धारणा राे ।

सिंहदरबार जलाउने देशद्रोहीहरू नेपाललाई ‘युक्रेन’ बनाउन चाहन्छन् भन्दै उनले निर्वाचनमा अधिकतम निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउन प्रवासमा रहेका नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

भदौ २३ र २४ गतेको विध्वंशलाई सही ढङ्गले बुझ्न आग्रह गर्दै उपाध्यक्ष बादलले देशको अस्तित्वसँग जोडिएको आगामी निर्वाचनलाई देशभक्तहरूले जीवन– मरणको सङ्घर्षका रूपमा लिनुपर्ने बताए ।

एमाले राष्ट्रियता, स्वाधीनताको रक्षा गर्ने र देश निर्माण गर्ने पार्टी हो भन्ने विगतमा सरकारमा रहेको समयका कामबाट पुष्टि भएको स्मरण गराउँदै आगामी निर्वाचनबाट पार्टीलाई बहुमतका साथ विजयी बनाई देश निर्माणमा नेतृत्व गर्न सफल हुने विश्वास उनले बताए ।

उपाध्यक्ष बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणापत्रको तयारी भइरहेको र घोषणापत्रमा समावेश गरिने विभिन्न विषयहरूबारे पनि जानकारी गराए ।

घोषणापत्रमा देश र जनताका सरोकारका विषयहरूका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विषय समेटिने बताउँदै प्रवासी नेपालीका समस्या र हक अधिकार सुरक्षित गर्नेबारे गृहकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ३५ बजे

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान