काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका ४५ वर्षीय पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहसँग अछाम पुगेका बेला ढलेर मष्तिष्क घात भएका उनको आइतबार निधन भएको हो ।
उनको पार्थिव शरीर चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलीका लागि राखेर पशुपति आर्यघाट लगिएको थियो । जहाँ अन्तिम बिदाइका लागि कलाकारहरूसँगै पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौंका पूर्वमेयर बालेन पनि पुगे ।
उपचारका क्रममा निधन भएका पत्रकार सिटौलाको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा राखिएको थियो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया