बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ « Khabarhub

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले पत्रकार दिनेश सिटौलाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

बालेनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र । तपाईंको अभाव सधैं खड्किनेछ ।’

उनले सिटौलालाई नेपाली फिल्म क्षेत्रका अभिभावक तथा आफ्नो निकट मित्रको रूपमा स्मरण गर्दै उनको निधनले आफूलाई गहिरो पीडा दिएको उल्लेख गरेका छन्।

सुदूरपश्चिम चुनावी अभियानमा सहभागी पत्रकार दिनेश सिटौलाको आइतबार मध्याह्न धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको छ ।

शुक्रबार बालेनसँसगै अछाम पुगेका उनी अचानक बेहोस भएर ढलेका थिए । बेहोस भएर ढलेका उनको टाउकोमा चोट पनि लागेको थियो ।

पत्रकारिता तथा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय सिटौला नेपाल चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष समेत रहेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : १७ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः