आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा « Khabarhub

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण रहेको बताएका छन् ।

प्रवासी नेपाली सङ्घ, भारत केन्द्रीय समितिको सातौँ बैठकलाई आज ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उनले देश बनाउने नयाँ सङ्घर्षका रूपमा निर्वाचनलाई बुझ्नुपर्ने र सोहीअनुसार पार्टीका पक्षमा जनमत बनाउन लाग्न आग्रह गरे ।

पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका उपाध्यक्ष थापाले आफ्नो पार्टी देशभक्त र राष्ट्र निर्माणको बलियो शक्ति भएको भन्दै निर्वाचनमार्फत थप बलियो बनाउन चुनावमा खट्न आग्रह गरे । उनले निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनस्र्थापना गर्ने लक्ष्य पूरा गर्न प्रवासमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

पार्टीले सबैको सुझावअनुसार चुनावी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिँदै देश र जनताका सरोकारका विषयका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय सम्बन्धलगायत विषय त्यसमा समेटिने जानकारी गराए ।

प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायण हुमागाईंको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : ४८ बजे

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी