प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार सुरूआत गरेको छ । फाप्ला मैदानमा आज सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि १२८ रनको फराकिलो जित दर्ता गर्यो ।

बैतडीले दिएको २३७ रनको लक्ष्य पछ्याएको दार्चुला ३६.२ ओभरमा १०८ रनमा सीमित रह्यो । उसका लागि वीरेन्द्र बमले २५ तथा जीवन कार्की र केशरसिंह खातीले १३/१३ रनको योगदान दिए । बलिङतर्फ बैतडीका हिक्मत महराले ५ तथा लोकेन्द्र चन्दले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडीको पारी ३८ ओभरमा २३६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ४०, दिपक बोहराले ३७ र खडक बोहराले ३६ रन बनाए । बलिङतर्फ दार्चुलाका नरेन्द्र महरा र वीरेन्द्र बमले ३/३ तथा लवराज जोशीले २ विकेट लिए । बैतडीका हिक्मत महरा ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी रहेका प्रदेश क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली छनोट गरिनेछ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : १९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने