प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार सुरूआत गरेको छ । फाप्ला मैदानमा आज सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि १२८ रनको फराकिलो जित दर्ता गर्यो ।

बैतडीले दिएको २३७ रनको लक्ष्य पछ्याएको दार्चुला ३६.२ ओभरमा १०८ रनमा सीमित रह्यो । उसका लागि वीरेन्द्र बमले २५ तथा जीवन कार्की र केशरसिंह खातीले १३/१३ रनको योगदान दिए । बलिङतर्फ बैतडीका हिक्मत महराले ५ तथा लोकेन्द्र चन्दले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडीको पारी ३८ ओभरमा २३६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ४०, दिपक बोहराले ३७ र खडक बोहराले ३६ रन बनाए । बलिङतर्फ दार्चुलाका नरेन्द्र महरा र वीरेन्द्र बमले ३/३ तथा लवराज जोशीले २ विकेट लिए । बैतडीका हिक्मत महरा ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी रहेका प्रदेश क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली छनोट गरिनेछ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : १९ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी