कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने « Khabarhub

कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कविर राणालाई चुनावी मैदानमा उतारेको छ । यस्तै, पेप्सीकोला टाउनप्लानिङमा पनि चुनावी शभा हुनेछ ।

युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने छन् ।

दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं– ६ मा जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।

यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ । काठमाडौं ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ०८ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा