केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई « Khabarhub

केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताएका छन् ।

आइतबार झापा-५ को कमल गाउँपालिका गेउरियामा आयोजित चुनावी कोणसभामा बोल्दै उनले झापामा एमालेको जीत सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उल्लेख गरे।

‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छैन, उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ’, उनले भने ।

ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उनले स्पष्ट पारेका छन्।

उनले यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको बताएका छन् । ‘केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वसहित उचाल्ने विषय हो’,  उनले भने ।

उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राखे । अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउने भएको उनले बताएका छन् ।

पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उहाँले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताए । पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ०२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड