खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील « Khabarhub

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १२० मतदाता छन् । 

जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उनले बताइन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा हरि रोका, नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङको उम्मेदवारी परेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ, राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यहाँका उम्मेदवारले ग्रामीण क्षेत्रको विकाससँगै स्वास्थ्य, शिक्षा, श्रम, वैदेशिक रोजगारलगायत क्षेत्रमा सुधार गर्दै सुशासन कायम गराउने प्रतिबद्धता जनाएका छन् । 

किसानका समस्या समाधान गर्ने नीति निर्माण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, भ्रष्टाचार अन्त्यका लागि योजनाबद्ध काम गर्ने, कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिनेलगायत एजेण्डा लिएर उम्मेदवार घरदैलो गरिरहेका छन् । मतदाताले पनि जनहितमा काम गर्नेलाई मतदान गर्ने बताउँदै आएका छन् ।
 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ०१ बजे

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्